काठमाडौँ । नेपालमा आइतबार थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार ८ सय ४५ पीसीआर परीक्षणका क्रममा २ सय ३२ जना र १ हजार २ सय ७८ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने ३ सय ७० जना संक्रमणमुक्त भएका छन् ।







