काठमाडौँ । आज बिहिबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ ।
हिजो बुधबार तोलामा ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर तोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजाबी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले नै घटेको छ । आज तेजाबी सुनको भाउ तोलामा ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यसायी महासंघले जनाएको छ ।







