काठमाडौँ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।
भोलि शुक्रबार चितवनमा सुरु हुँने एमाले महाधिवेशनको उद्घाटन समारोहमा एमालेले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई पनि बोलाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउने पक्का भएको छ ।
एमालेले माओवादी अध्यक्ष प्रचण्डलाई पनि निम्तो दिएको छ । तर उनी नजाने भएका छन् । प्रचण्डको पूर्व निर्धारित कार्यक्रम भएकाले चितवन नजाने स्रोतले बताएको हो ।







