काठमाडौँ । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ ।
त्यहाँ हालसम्म थोरै मानिसलाई मात्रै संक्रमित गरेको कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
उक्त भेरियन्टको ‘बि१.१.५२९’ नामाकरण गरिएको छ । सो भेरियन्टमा पटक-पटक एउटै प्रकारको म्युटेशन हुने ‘मात्रा अस्वभाविक’ रहेको अलजजिराले बताएको छ ।
बिहीबार वैज्ञानिकहरूले म्युटेशनको ‘अस्वभाविक मात्रा’का कारण नयाँ भेरियन्टले शरीरको रोगप्रतिरोधी क्षमता छल्न सक्ने र थप संक्रामक बन्न सक्ने हुँदा चिन्ता व्यक्त गरेका छन् ।
आगामी केही दिनभित्रै नयाँ भेरियन्ट कति संक्रामक र गम्भीर छ भनेर तय गरिने अधिकारीहरूले बताएका छन् । हालसम्म खासगरी युवायुवतीमा ‘बि.१.१५२९’ फैलिरहेको छ ।







