काठमाडौँ । नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छिन् । आज सोमबार उनले प्रेमि प्रभात बाबुसँग विवाह गरेकी हुन् ।
अमेरिकामा बस्ने प्रभात र रेश्मा विवाह समारोह विराटनगरको एक रिसोर्टमा भएको हो । बिहेमा आफन्त, परिवार, साथीभाइ र केही चलचित्रकर्मीको मात्र उपस्थिति छ ।
यस्तै, सो विवाह समारोहमा नायिका वर्षा राउत रेश्मालाई शुभकामना दिन विराटनगर पुगेकी छन् ।
रेश्माले गत वर्ष अमेरिकामा रहेका प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन् । इन्गेजमेन्ट गरेको एक वर्षपछि उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् ।







