काठमाडौँ । कक्षा १२ को नतिजा आज (शुक्रबार) सार्वजनिक हुने भएको छ ।
नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै राष्ट्रिय परीक्षा बोर्डले बिहान ९ बजेका लागि बैठक बोलाएको छ ।
नतिजा प्रकाशन गर्ने तयारी पूरा भएको बोर्डले निर्णय गरेपछि सार्वजनिक हुने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए ।







