काठमाडौँ । आज नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यावसायि महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर घटेर ९१ हजार ३०० कायम भएको छ ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ५०० मा रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।







