• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कविता: बक्ररेखा हुने छैन समय 


  •    सुचना डबली डेस्क / २०७८, १९ मंसिर आईतवार प्रकाशीत

  • Advertisement

    हामी कुनै अर्थ नभएको

    समयको चेपमा छौँ

    अर्थ विहीन समयको

    अनर्थ समयमॉंझ हामी छौँ ।

    मन आन्दोलीत भइरहेछ

    मनसँगै आन्दोलित छ समय

    उही निरस भाकामा लोलाउदै छ

    टोलाउदै छ समय ।

    समयको घेराभित्र

    मेरो जस्तै

    तिम्रो पनि समय

    बक्ररेखाभित्र

    अल्मलिइरहेको छ

    एउटा निश्चित गोरेटो

    पर्खिरहेछ समय ।

    समयको घेरामा

    कैद भएको समय

    अलमलिइरहेछ

    जीवनको रङसँग

    बल्ल बल्ल लगाएको अलकत्राको क्रिममाथि

    चकमन्न समयले

    थुपारेको फोहोर मैलाले

    कुरुप समयजस्तै बनेको छ

    मान्छेको जीवन ।

    देशमा नेताहरूको

    पुरानै चर्तिकला देखेर पनि

    किन अल्मलिन्छ समय ?

    समय भनेको

    नियमित र निरन्तर आन्दोलन हुनसक्छ

    समय भनेको

    आडम्बरी यात्रामा निस्केको

    हतियारधारी

    धुवाँको लप्का जस्तै हुनसक्छ

    अहिले जुन उडिरहेछ हावामा

    समयको पदचाप भएर

    ढुङ्गा र माटोको

    आकृति माझबाट

    ठिङग उभिएको समय पनि

    निर्धो बनेको छ।

    अभाव ,पिडा, तृष्णा

    र महामारीको

    शोक धुन बजाउँदै मस्त छ समय ।

    मिर्मिरे उज्यालो

    लिएर

    तिमी आउँदै रहेछौ

    आमाको काखबाट

    सिङ्गो धरातल टेकेर

    मुस्कुराउदै आइरहेछौ

    सिमसिमे पानीमा

    अंहकार पन्छाउदै

    तिमी आइरहेको देखेँ

    मृत्युको जुलुसमा

    दियो बाल्न

    तिमी आइरहेको देखेँ ।

    समयको बक्ररेखामा

    मृत्यु जित्ने सञ्जिविनी बोकेर

    समय जित्ने दाउमा

    एउटा वीरको स्वरूप लिएर

    तिमी आएपछि भेटेँ

    घोर अन्धकार हटाउन राँको बोकेर आएका तिमीलाई देखेँ

    समय जित्ने लौरो बोकेका तिमीलाई चिने ।

    •

    हो, अब समय बक्ररेखा हुने छैन

    मैले समयलाई राम्रोसँग चिने

    समय बक्ररेखा हुने छैन ।

    © रश्मि रिमाल

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.