काठमाडौँ । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा शतप्रतिशत जित निकालेको छ ।
गएराति समूह चरणको अन्तिम खेलमा इटालियन क्लब एसी मिलानलाई २-१ गोल अन्तरले हराउँदै लिभरपुलले शतप्रतिशत जित निकालेको हो ।
मिलानको मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र डिभोग ओरिगीले एक एक गोल गरे ।
खेलमा सुरुआती अग्रता भने मिलानले बनाएको थियो । फिकायो टोमोरीले २८ औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
यस जितसँगै लिभरपुल शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको छ ।
लिभरपुल च्याम्पियन्स लिगको समूह चरणमा सबै ६ खेल जित्ने पहिलो इंग्लिस टिम समेत बनेको छ ।







