काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । तोलामा ५ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ पुगेको छ ।
यस्तै, छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । हिजो मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ थियो ।
सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि उकालो लागेको छ । तोलामा १० रुपैयाँले बढेसँगै चाँदीको प्रतितोला मूल्य आज १२ सय रुपैयाँ पुगेको हो ।







