काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टी आफूहरुको लागि जन्मेको पार्टी नभएको बताएका छन् ।
पार्टीको आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशीसमेत रहेका थापाले पार्टी आफूहरुको लागि नभई जनताका समस्याका लागि भएको बताएका हुन् ।
यसका साथै उनले कांग्रेसको महामन्त्रीको कुर्ची राजनीतिक लाइन प्रस्तावित गर्ने कुर्ची भएको समेत बताएका छन् । उनले भने,‘ महामन्त्रीको कुर्ची कुनैबेला गिरिजाप्रसाद कोइराला र गणेशमान बसेको कुर्ची हो । त्यसैले कांग्रेसको कुर्चीले पार्टीको मात्र नभएर समग्र राजनीतिको लाइन बोक्नुपर्छ ।’







