काठमाडौँ । तनँहुमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय मंगल कुमाल रहेका छन् ।
तनँहुको म्याग्दे गाउँपालिका- ५ छाङपाटनमा ग १ क २९१५ नम्बरको टिपरको ठक्करबाट कुमालको घटनास्थलमै मृत्यु भएको हो ।
टिपरसहित चालक नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।







