काठमाडौँ । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ ।
गएराति भएको खेलमा इन्टरले सालेरनिटानालाई ५-० गोल अन्तरले हराएको हो ।
इभान पेरिसिचले ११ औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । डेन्जेल डुमफ्रिएसले ३३ औं मिनेटमा गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ५१ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै टिमको अग्रता ३-० को बनाए । ७७ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दा इन्टरको अग्रता ४-० को बन्यो ।
त्यसपछि खेलको ८७ औं मिनेटमा रोबर्टोले गोल गर्दा इन्टर ५-० ले विजयी भयो । यस जितसँगै इन्टर १८ खेलमा ४३ अंक जोडेको छ ।
इन्टरले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । सालेरनिटाना ८ अंक जोडेर पुछारमा रहेको छ ।







