काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २१८ जना र १ हजार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २२० जनामा कोरोना भाइरसको संक्रमण देखिएका हो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २६३ जना निको भएका छन् ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ९३७ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ जना रहेका छन् ।







