काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) यतिबेला झनै तीब्र गतिमा फैलिन थालेको छ । पछिल्लो २४ घण्टामा विश्वभर करिब १२ लाख कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
ओल्डोमिटरले सार्वजनिक गरेको विवरणअनुसार यतिबेला विश्वभर ११ लाख ९० हजार २२९ जना संक्रमित थपिएका हुन् ।
थपिनेमा अमेरिकामा मात्रै करिब ३ लाख जनामा संक्रमण पुष्टि भएको छ । जहाँ २ लाख ९५ हजार ७०१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, फ्रान्समा एक लाख ७९ हजार, बेलायतमा एक लाख २९ हजार, स्पेनमा ९९ हजार, इटलीमा ७९ हजार संक्रमित पहिचान भएका हुन् ।
यही अवधिमा ६ लाख ५५ हजार १२ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ३८१ जना संक्रमितको मृत्यु भएको छ।
यस्तै, छिमेकी मुलुक भारतमासमेत सोही अवधिमा ८ हजार ३७६ जना कोरोना संक्रमित थपिएका छन् ।
ओल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४०५ जना कोरोनामुक्त भएका छन् भने ३० जना संक्रमितको मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या ८३ हजार ८०२ मा झरेको छ ।







