काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७९४ जनाको पीसीआर परीक्षणमा ३५५ र १ हजार ५३५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्युको संख्या ३ भने सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २६३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।







