• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नेप्सेमा उच्च अङ्कको सुधार, यस्तो छ कारोबार


  •    सुचना डबली डेस्क / २०७८, २० पुष मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ६३.०१ अङ्कले उकालो लागेर दुई हजार ६७९.९५ मा पुगेको छ ।

    यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.८५ अङ्कले बढेर ५०३.७२ मा पुगेको छ । आज कारोबार भएकामध्ये १६६ कम्पनीको शेयर उकालो लाग्दा २१ कम्पनीको भने ओरालो लागेको छ ।

    यस्तै, तीन कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन । कूल २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर रु चार अर्ब ३२ करोड दुई लाख ६९ हजार ८२७ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ८५ अर्ब ५९ करोड २० लाख ९६ हजार ६३३ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा गिरावट आयो भने ११ उपसमूहको शेयर मूल्य उकालो लाग्यो । उत्पादन ४२.७१ र अन्य उपसमूह ६.७० अङ्कले ओरालो लाग्यो । कारोबारका आधारमा बैंकिङ ६३.६७, विकास बैंक २३२.४१, वित्त ७९.०१, होटल तथा पर्यटन ६४.०९, जलविद्युत् ८७.५४, लगानी २.५४, जीवन बीमा १६०.५२, लघुवित्त ९१.५१, सामूहिक लगानी कोष ०.२६ र व्यापार ५६.०५ अङ्कले उकालो लागेका छन् ।

    कारोबारका आधारमा नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु १४ करोड ७७ लाख ५४ हजार ५५० बराबरको कारोबार भयो । यस्तै, नबिल बैंक रु १३ करोड नौ लाख ६९ हजार, अपि पावर कम्पनी रु ११ करोड सात लाख ६८ हजार १२५, हिमालयन डिस्टिलरी रु १० करोड ६० लाख २३ हजार २२६ र माथिल्लो तामाकोशी रु १० करोड ३८ लाख ५३ हजार ८३९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

    नेप्सेका अनुसार श्री इन्भेस्टमेन्ट फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो भने मध्य भोटेकोशीको शेयर मूल्यमा ९.९९ प्रतिशतले सुधार आयो । नेपाल एसबिआई बैंक ९.७२ र सिन्धु विकास बैंकका लगानीकर्ताले ९.४३ प्रतिशतले कमाए । त्यस्तै, कृषि विकास बैंकको ऋणपत्र १.९६, नबिल बैंकको ऋणपत्र १.९१, आइसिएफसी फाइनान्सको ऋणपत्र १.८६, नबिल बैंक १.५८ र बोटलर्स नेपाल तराईका शेयरधनीले १.४३ प्रतिशतले गुमाए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.