काठमाडौँ । पछिल्लो समय तीव्र गतिमा फैलिँदै गएको कोरोना भाइरसले भारतमा झनै तीव्र गति लिन थालेको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढ्न थालेको हो ।
त्यहाँ एकैदिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो ।
यस्तै, भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ ।







