काठमाडौँ । छिमेकी मुलुक भारतमा यतिबेला कोरोना भाइरस तीब्र गतिमा फैलिन थालेको छ ।
कोरोना र यसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण भारतका कतिपय ठाउँमा यतिबेला लकडाउन गरिएको छ।
भारतमा एकै दिन १ लाख ८५ हजार ११२ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ४५ हजार १७७ जना कोरोनामुक्त भएका छन् भने १४६ जना संक्रमितको मृत्यु भएको छ ।
भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ६१ हजार २३५ पुगेको छ ।
भारतमा अहिले कोरोना संक्रमितको संख्या उच्च बिन्दूमा पुग्ने क्रममा रहेको छ ।







