काठमाडौँ । अफ्रीका कप अफ नेसन्समा नाइजेरियाले इजिप्टलाई पराजित गरेको छ ।
गएराति भएको खेलमा नाइजेरियाले इजिप्टलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
नाइजेरियाको जितमा केलिची इहानाचोले ३० औं मिनेटमा निर्णायक गोल गरेका थिए । यो जितसँगै समूह डी मा ३ अंक जोडेको नाइजेरिया शीर्ष स्थानमा रहेको छ ।
इजिप्टले भने हारबाट सिजनको सुरुआत गरेको छ ।







