काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १० हजार ४९८ जनाको पिसिआर परीक्षण र ४ हजार ५८३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ४१ हजार २९७ र एन्टिजेन परीक्षणबाट ९९ हजार २२५ रहेकाे छ।
निकाे हुनेकाे संख्या २७१ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १५ हजार ३४७ पुगेकाे छ।
संक्रमणबाट साेमबार १ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६१० रहेकाे छ।
नेपालमा हाल १४ हजार ३४० जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ लाख ५६ हजार ४ खाेप लगाइएकाे छ।







