काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको हो । यो हिसावले संक्रमणदर २४.७४ प्रतिशत देखिएको छ ।
यस्तै, सोही अवधिमा ३०६ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमित १८ हजार २३५ जना रहेका छन् ।







