काठमाडौँ । देशभर थप ४ हजार ६३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा थप ३५० जना सङ्क्रमणमुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ ।
नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ रहेको छ ।







