काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ आएसँगै भारतमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४४ हजार ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, सोही अवधिमा २ लखा ४० हजार जना निको भएका छन् ७०३ जना संक्रमितको मृत्यु भएको छ ।यससँगै भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ४० हजारभन्दा माथि पुगेको जनाइएको छ ।







