काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २० हजार १ सय ८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८२१२ तथा एन्टिजेन विधिबाट २०४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै सोही अवधिमा थप ७०८ जना संक्रमणमुक्त भएका छन् भने थप १६ जनाको मृत्यु भएको छ ।







