काठमाडाैँ । आज देशभर विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको अविधमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहीँ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो ।
यसका साथै देशका बाँकी प्रदेशका पनि थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।
यस क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली क्षेत्रका केहीँ स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
अहिले बिहान सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।







