काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ३७७ जनाको पीसीआर परीक्षणमा ५ हजार ५५८ र ४ हजार ६० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८६४ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४१६ जना कोरोना संक्रमणमुक्त भनेका छन् भने ४ जनाको मृत्यु भएको छ ।
आज थपिएका संक्रमितसँगै हाल देशभर सक्रिय संक्रमितको ७७ हजार ४० रहेको छ ।







