काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ ।
छापावाला सुन हिजो मंगलबारको तुलनामा आज तोलामा ४ सय रुपैयाँले बढ्दै ९४ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४०० रुपैयाँले नै बढ्दै ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आज स्थिर रहँदै गत मंगलबारकै मूल्य प्रतितोला एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







