काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ५४९ जनाको पीसीआर परीक्षणमा ५५७१ र ६ हजार ८१० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २८८३ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा ५ कोरोना संक्रमितको मृत्यु भएको छ भने सोह अवधिमा ४ हजार ४३३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको ९० हजार ६७ रहेको छ।







