काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९ सय रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँ कायम भएको हो ।
यस्तै, तेजावी सुनको भाउ तोलाको ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ भने आज चाँदीको भाउ पनि घटेको छ ।
बिहीबार प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।







