काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १४५ नमुना परीक्षण गर्दा तीन हजार ५४० जनाको कोरोना पोजेटिभ देखिएको हो । यस्तै, नौ हजार ९१० पीसीआर परीक्षण गर्दा तीन हजार ४९ जनामा र तीन हजार २३५ एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा ६ हजार ३५९ जना कोरोना संक्रमणमुक्त हुँदा पछिल्लो चार दिनमा थप ३२ जनाको मृत्यु भएको छ ।







