मेष : व्यापारमा आम्दानी भन्दा खर्च बढ्नेछ। पठनपाठनमा आलश्यले गर्दा मन लाग्ने छैन। वैदेशिक रोजगारको सम्बन्धमा भने सुधारका पक्ष धेरै भए पनि अवसर अरुले नै लिनसक्छन्।
वृष : दिन राम्रो छ। संघर्ष गरेर मात्र आम्दानी लिने काम गर्नुहोला। छरछिमेकमा रहेका आफ्ना मानिसबाट राम्रो सहयोग लिएर अघि बढेमा सफलता मिल्नेछ।
मिथुन : आजको दिन व्यापार व्यवसायमा हौसिएर काम नगर्नुहोला। राजनीतिक क्षेत्रमा धेरै राम्रा अवसर छन्। सज्जनसँगको अचानक भेटले मानसिक उत्साह र उमंग हुने योग परेको छ।
कर्कट : दिन राम्रो छ। प्रतिस्पर्धा गर्नेहरु आफंै परास्त हुनेछन्। आफूले सोचेका काम सफल पार्न हनुमानजीलाई सम्झना गर्नुहोला। हनुमानको सम्झना गरे थालेका काम पूर्ण हुनेछन्।
सिंह : दिन राम्रो छैन। नयाँ योजना बनाउनु भएको भए एक दिन विश्राम गर्नुहोला। वैदेशिक मामलामा भने अधिंक सफलता हात लाग्नेछ।
कन्या : आजको दिनमा विद्यालय सम्बन्धी लगानीले उल्लेखनीय उपलब्धि हुनेछ। वादविवाादमा तर्क प्रभावकारी हुनसक्छ। लामो योजना बनाएर अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ।
तुला : रोजगारको क्षेत्रमा राम्रा अवसर छन्। विद्यामा अलमल देखिएकाले सरस्वतीको स्मरण गनुृेहोला। परोपकार गरेर सन्तुष्टी लिने योग परेको छ।
बृश्चिक : दिन राम्रो छ। बिहान उठेर बाबा आमाको दर्शन गर्नु। आमाबुवा नहुनेले स्मरण गरेर काम थालेमा उपलब्धि प्रापत हुने योग छ। वैदेशिक कम्पनीसँगको कार्यले उत्साह बढ्नेछ।
धनु : आजको दिन आर्थिक क्षेत्रमा फाइदा हुने देखिन्छ। तपाईंको पदोन्नती हुनेछ। सामाजिक, राजनीतिक र वैदेशिक क्षेत्रमा आंशिक मात्र फल मिल्नेछ।
मकर : दिन राम्रो छ। बोलीमा भन्दा काममा बढी ध्यान दिनुहोला। पहिला बोल्ने कामले हुँदै गरेका काममा बाधा नपुगोस् भनेर शतर्कता अपनाउनुपर्नेछ।
कुम्भ : आज धेरै राम्र्रो छ। सबैले प्रशंसा गर्ने काम गर्नुहोस्। तपाईंलाई ग्रहगोचरले साथ दिएका छन्। मित्रले मात्र होइन भाग्यले पनि साथ दिएको छ। बिहान उठेर सूर्य दर्शन गर्नुहोस्।
मिन : आजको दिन त्यत्ति राम्रो छैन। मनमा लागेका कुरा पहिला प्रकाश नगर्नुहोला। आफ्ना योजनाको फल अरुले लिने भएकाले योजना गोप्य राख्नुहोस्।







