काठमाडौँ । निर्वाचन आयोगले आगामी वर्ष २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा आयोगले सो सिफारिस गरेको हो ।
यसका साथै आयोगले सरकारलाई एकै चरणमा चुनाव गर्नसमेत जोड दिएको छ । एकै चरणमा चुनाव नभएको खण्डमा हुने घाटाबारे पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।







