काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार १७ हजार ६७४ जनाको नमूना परीक्षण गर्दा ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।







