मेष : आफूले गरेका काममा मानसम्मान पाइएला। सम्पत्तिको लागि भने सचेतना अपनाउनुपर्नेछ। विद्याको क्षेत्रमा उत्साह बढ्नेछ। सामाजिक क्षेत्रमा स्याबासी पाउने दिन परेको छ।
वृष : ग्रहण योग परेकाले आफू र परिवारको तर्फबाट ठूलो लगानी नगर्नुहोला। भोजभतेरमा सहभागी नहुनु। बोल्दा हाँस्दा, ठट्टा गर्दा तितो अभिव्यक्ती बुझ्न सक्छन्।
मिथुन : दिन शुभ छ। धेरै मौका छ। आर्थिक सामाजिक क्षेत्रमा अघि बढ्नुहोला। न्यायपूर्वक कमाएको सम्पत्तिमा नोक्सान हुने छैन। विद्याको क्षेत्रमा परीक्षाको तयारी गर्दै गरेका कार्यहरु सकारात्मक रहने योग परेको छ।
कर्कट : सवारी साधनमा यात्रा गर्दा तीब्रगतिमा नचलाउनुहोला। वैदेशिक क्षेत्रमा भने राम्रो छ। शिक्षा, सामाजिक, आर्थिक क्षेत्रमा सकभर ध्यान दिएर मात्र हात लगाउनु राम्रो हुन्छ।
सिंह : दिन राम्रो छ। इष्टमित्रसँगको सम्बन्ध सुमधुर हुनेछ। हाकिमले समेत सकारात्मक दृष्टि राख्नेछन्। पदोन्नतिको सम्भावना छ। लगानी गर्न भने आँट गर्नुहोला।
कन्या : विद्याको क्षेत्रमा सफलता। विद्या सम्बन्धी गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। वैदेशिक क्षेत्रमा भने सावधान रहनुहोला। अन्य क्षेत्र राम्रो छ।
तुला : सहयोगी धेरै छन्। परिवारबाट सन्तोष मिल्नेछ। आर्थिक, सामाजिक, वैदेशिक क्षेत्रमा तपाईलाई सहजता छ।
वृश्चिक : दिन सामान्य छ। ठूलो खर्च गर्ने काममा हात नहाल्नुहोला। शत्रुहरु धेरै छन्। काममा असहयोग गर्ने धेरै छन्। दुई पाङ्ग्रे वहानसँग मात्र सतर्क रहनुहोला।
धनु : दिन सामान्य छ। वैदेशिक रोजगारमा गरेको लगानीबाट आम्दानी राम्रो हुने योग परेको छ। शैक्षिक क्षेत्रमा समेत राम्रो हुने भएकाले विभेदपूर्ण गरेको काम सफल हुनेछ।
मकर : आजको दिन राम्रो छ। आर्थिक क्षेत्रमा गरेको लगानीले उल्लेखनीय सफलता हात लाग्ने योग परेको छ। निडर भएर लगानी गर्न सक्नुहुन्छ। शैक्षिक क्षेत्रमा भने सन्तोषजनक देखिदैन। खुट्टा तान्नेहरु सफल हुनसक्छन्।
कुम्भ : लग्नमा चन्द्रमा र वृहस्पतिले भ्रमण गर्दै गर्दा आफूले बोलेको कुराले प्रभावकारी भूमिका निर्वाह गर्नेछ। आर्थिक सामाजिक क्षेत्रमा उल्लेखनीय सुविधा पाउने योग परेको छ।
मिन : आजको दिन राम्रै छ। आफन्तबाट धनलाभ हुनेछ। रोगको उपचार हुनेछ। शैक्षिक क्षेत्रमा गरेको लगानीले आशिंक फाइदा होला। वैदेशिक रोजगारको कारोबारमा भने सतर्कता अपनाउनुहोला ।







