काठमाडौँ । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६१ हजार ३८६ जनामा संक्रमण देखिएको छ ।
एक दिनमा २ लाख ८१ हजार १०९ जनामा संक्रमण ठिक भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ हजार ७३३ जनाको मृत्यु भएको छ।
अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच लाख नजिक पुगेको छ।
अहिलेसम्म ४ लाख ९७ हजार ९७५ जनाको कोरोनाका कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।







