काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्य भएको छ भने आज ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ रहेको छ ।







