काठमाडौँ । जाल्पा लघुवित्त वित्तीय संस्थाले आज (माघ २१ गते)बाट आइपीओ निष्कासन गरेको छ ।
लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको हो ।
प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा जाल्पाले ५ लाख २२ हजार कित्ता आइपीओ निष्कासन गरेको छ ।यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा आजदेखि माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।







