काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २५२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १६०२ र ४ हजार ४१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२४ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ भने ८४२५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।







