मेष : सामाजिक क्षेत्रमा निकै राम्रो छ। धन, मानसम्मान प्राप्तीको योग छ। व्यापार व्यवसायमा सोचेको जस्तो आम्दानी नहुने योग छ। राजनीति क्षेत्रमा भने धेरै साथीहरुको सहयोग मिल्ने योग छ।
वृष : प्रतिस्पर्धीले समेत प्रशंसा गर्नेछन्। व्यापारमा फाइदा। विद्याको क्षेत्रमा सोचेको भन्दा बढी आँट जाँगर जोश बढ्नेछ। परीक्षाको नतिजामा सन्तोषजनक नम्बर आउनेछ।
मिथुन् : धेरै राम्रो छ। विद्याको क्षेत्रमा उल्लेखनीय सफलता हात लागिहुनेछ। सामाजिक, पारिवारिक क्षेत्रमा समेत राम्रो सफलता हात लाग्ने योग रहेको छ।
कर्कट : आजको दिन राम्रै छ। न्यायपूर्वक कमाएको धनले आर्थिक भन्दा सामाजिक क्षेत्रमा आनन्दित हुने योग छ। राजनीतिक क्षेत्रमा भने टाढै रहेको राम्रो।
सिंह : दिन राम्रै छ। आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा असफल रहे पनि राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।
कन्या : दिन राम्रो नै मान्नुपर्छ। विद्याको क्षेत्रमा जोश जाँगर बढ्नेछ। सफलता। प्रेमि प्रमिकासँगको सम्बन्ध सुमधुर रहनेछ। व्यापार व्यवसायमा लगानी गर्न नडराउनुहोला।
तुला : आजको दिन आर्थिक क्षेत्रमा हात नबढाउनुहोला। ठूलो घाटा हुने योग छ। पठनपाठनको क्षेत्रमा राम्रो अवसर रहेको छ। अन्य क्षेत्रमा भने सामान्य छ।
वृश्चिक : आफैले बोल्दा शब्दहरुको चाङ्ग्ुलमा पर्ने योग छ। अन्य क्षेत्रमा भने यथावत रहेपनि उद्योगको क्षेत्र निकै राम्रो र फाइदा हुने योग रहेको छ।
धनु : दिन राम्रो नै छ। दाजुभाई, भगिनी संस्थाबाट उल्लेखनीय सहयोग मिल्ने योग। आफैले न्यायपूर्ण गरेको लगानीबाट सन्तोष प्राप्त हुने योग छ।
मकर : आजको दिन गरेको लगानीबाट राम्रै फाइदा हुने योग छ। सक्नुहुन्छ भने सेयर लगानी गर्नुहोला। बुवा आमाको आज्ञा पालना गर्दै अघि बढ्नुहोला।
कुम्भ : आजको दिन राम्रो रहेको छ। बोलीमा मिठास छ। इष्टमित्रबाट स्याबासी पाइनेछ। राजनीतिक क्षेत्रमा भने सतर्कता अपनाउनुपर्नेछ।
मिन : दिन निकै राम्रो छ। चन्द्रमाले आफ्नै राशिमा भ्रमण गर्दै गरेकाले प्रभावशाली शब्दहरु स्फूरण हुने योग रहेको छ। राम्रो रचनाहरु तयार गर्ने इच्छा बढ्नेछ।







