काठमाडौँ । प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्युु भएको छ ।
नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप आज बिहान एक बजे ओखरपाटामा दुर्घटनामा परेकाे गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिए ।
उक्त दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने २ जनाको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा गौमुखी गाउँपालीकाका स्थानीय एकै घरका श्रीमान बसन्त खड्का, श्रीमती बसन्ता खड्का, छोरी एलिशा खड्का रहेका छन् । त्यस्तै, सोही ठाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगर रहेका छन्। एक जना लुङका व्यक्तिको पहिचान हुन सकेको छैन।
दुर्घटनामा बेहुला-बेहुली गम्भीर घाइते भएका थिए । उनीहरू सहित घाइते ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेकाे छ।







