मेष : आजको दिन राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट सन्तोषजनक लाभ हुने योग रहे पनि अन्य क्षेत्रमा सतर्कता अपनाउनु पर्नेछ। विद्याको क्षेत्रमा आलस्य बढ्नेछ।
वृृष : आजको दिन सामान्य रहेको छ। मित्रभन्दा शत्रु बढी सक्रिय भएकाले सामाजिक क्षेत्रमा ठूलो लगानी नगर्नुहोला। शिक्षा स्वास्थ्यको क्षेत्रमा भने त्यत्ति राम्रो छैन।
मिथुन : एकादश स्थानमा चन्द्रदेवले भ्रमण गर्दै गर्दा आर्थिक क्षेत्रमा धेरै राम्रो छ। आफूभन्दा मान्यजनबाट स्याबासी पाउनुहोला। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो जोशजाँगर बढ्नुको साथै नाम, दाम दुवै हात लाग्ने योग रहेको छ।
कर्कट : दिन राम्रो छ। शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रमा धेरै राम्रा अवसर रहेका छन्। बुवाआमा हुनेहरुले बुवाआमाको आशिर्वाद लिएर तथा नहुनेले स्मरण गरेर थालनी गरेका कार्यबाट सफलता मिल्नेछ।
सिंह : वैदेशिक क्षेत्रमा राम्रो रहेकाले लगानी गर्न सक्नुहुनेछ। राजनीति, सामाजिक क्षेत्रमा भने अघि नबढेको राम्रो। अरुको सहयोग भन्दा आफ्नै श्रमको मात्र लगानी गर्नु उपयुक्त देखिन्छ।
कन्या : आजको दिन सबैभन्दा बढी शिक्षाको क्षेत्रमा तपाईको उपलब्धि हुने योग छ। सामाजिक क्षेत्रमा भने आँटेर गरेका काममा धेरै प्रभाव रहनेछ। आजको दिन समग्रमा राम्रो छ।
तुला : आजको दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय लाभ हुने सम्भावना छ। दाम्पत्य जीवनमा भने सम्बन्ध सुमधुर रहनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा भने त्यत्ति सन्तोषजनक रहेन।
वृश्चिक : आजको दिन वैदेशिक क्षेत्रमा उल्लेखनीय लाभ मिल्ने योग रहेको छ। आर्थिक, सामाजिक क्षेत्रमा भने सोचेअनुसारको लाभ लिन नसक्ने सम्भावना छ। शैक्षिक क्षेत्रमा भने असफलता मिल्नेछ।
धनु : दिन निकै राम्रो छ। शिक्षा, स्वास्थ्यको क्षेत्र तपाईको अनुकुल रहेको छ। स्वास्थ्य लाभको योग छ। आर्थिक, सामाजिक क्षेत्रमा सबैको सहयोग मिल्नेछ। सामाजिक मानसम्मान बढ्नेछ।
मकर : दिन धेरै राम्रो छ। आर्थिक क्षेत्रमा गरेको लगानीले उल्लेखनीय उपलब्धि हात लाग्नेछन्। सामाजिक र राजनीतिक क्षेत्रमा भने त्यत्ति सन्तोषजनक छैन। शिक्षाको क्षेत्रमा ठिकै छ।
कुम्भ : आजको दिन राम्रो छ। आफ्ना दाजुभाइबाट परामर्श लिएर काम गर्नु सफलता मिल्नेछ। सामाजिक, राजनीतिक क्षेत्रमा भने खुट्टा तान्नेहरु सक्रिय छन्। शैक्षिक क्षेत्रमा राम्रो छ। लगानीका क्षेत्रबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।
मिन : दिन सामान्य छ। स्वास्थ्य, शिक्षा, रोजगारभन्दा वैदेशिक रोजगारमा तपाईँको लगानीले राम्रो भूमिका खेल्नेछ। यात्रामा सोचेका काम बन्ने योग छ।







