काठमाडौँ । कोरोना भाइरस संक्रमण दर ह्वात्तै बढेपछि नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
आइतबार राति १२ बजेदेखि लागू हुने गरी जोर-बिजोर प्रणाली हटाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जनाएका छन् ।







