काठमाडौँ । सोमबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।







