काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो । जसमा ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार १ सय ११ रहेको छ ।







