काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९२ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार १०३ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर कोरोनाकाम सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ पुगेको छ ।







