काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक ११ दशमलव ९६ अंकले घटेर २८०१ दशमलव ५६ विन्दुमा आएर अडिएको छ ।
हिजो बुधबार २२ दशमलव ११ अंकले घटेकोे बजार आज पनि ११ दशमलव ९६ अंकले घटेको हो । बिहीबार २२७ वटा घितोपत्रको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३५० रुपैयाँ बराबरको कारोबार भएको नेप्से ले जनाएको छ ।
बिहीबार १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ।
कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनीको २५ करोड ४८ लाख ३९ हजार ५६४ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।







