• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

दुर्गाप्रसादले पाए आठ लाख राहत


  •    सुचना डबली डेस्क / २०७८, १ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । विनाकसुर करिब ४० वर्ष भारतीय जेलमा जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाले आज नेपाली आठ लाख रुपौयाँ उपचार वापतको राहत रकम पाएका छन् ।

    काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी कोलकातास्थित नेपाली महावाणिज्य दूत ईश्वरराज पौडेलले सो रकम बराबरको चेक तिम्सिनालाई हस्तान्तरण गरेका छन् ।

    भारतको उच्च अदालत कोलकाताले गत मङ्सिर २१ गते शुक्रबार तिम्सिनालाई भारु पाँच लाख रुपैयाँ उपचारवापतको रकम दिलाउन पश्चिम बङ्गाल सरकारलाई आदेश दिएको थियो । सोही आदेशबमोजिमको रकम उनलाई हस्तान्तरण गरिएको महावाणिज्य दूत पौडेलले बताए ।

    उनले भने, ‘यो क्षतिपूर्ति वापतको रकम होइन, लामो समय विनाकसुर जेल जीवन बिताउँदा उनी बिरामी परेका छन् । उपचारका लागि अदालतले उपलब्ध गराइदिएको रकम मात्र हो । क्षतिपूर्तिका लागि माग दाबी गर्ने अब बाटो खुलेको छ । प्रक्रियामा जाने तयारीमा छौँ ।’

    उनका अनुसार सो रकम हस्तान्तरण कार्यक्रममा दुर्गाप्रसादका परिवारका सदस्य तथा प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा र भतिजा गोपाल तिम्सिनाको उपस्थित थिए । प्रमुख जिल्ला अधिकारी छविराज रिजाल, मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओली, स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवीको पनि सो अवसरमा उपस्थिति रहेको थियो ।

    इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मङ्गलबारे बजार गएपनि घर नआई सो पैसा लिएर भारतको दार्जिलिङ सहर पुगेका थिए ।

    दार्जिलिङमा रहँदा उनलाई एक युवतीको हत्या आरोपमा जेल चलान गरिएको थियो । सो आरोप मिथ्या सावित भएपछि विसंं २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो । उनी गत चैत ७ गते कोलकाताको दमदम कारागारबाट रिहा भएका थिए ।

    उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हा, प्रदीप मण्डल, मलाई भट्टाचार्य र सुब्रज्योति घोषले दुर्गाप्रसादको न्यायको पक्षमा भन्दै निःशुल्क बहस गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.