काठमाडौँ । सोमबार ९हिजो० स्थिर रहेको सुनको भाउ मंगलबार९आज० तोलामा १२ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार २०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १३२० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३०० रुपैयाँमा कारोबार भएको थियो ।







