• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

एनआरएनए महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पुनर्गठन


  •    सुचना डबली डेस्क / २०७८, २८ फाल्गुन शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले सङ्घको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गर्नुभएको छ ।

    सङ्घको विधान २००३ (२०२१ संशोधनसहित) को धारा १६.१.४ अनुसार उहाँले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गर्नुभएको आज विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

    गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद् (एनसिसी)मध्ये ५० भन्दा बढी एनसिसीले गत आइतबार एक बैठक गरी प्रमुख संरक्षक घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न अधिकार दिएका थिए । निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यमा इन्द्रा वन (अस्ट्रेलिया), अधिवक्ता वासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (युके), पुष्प थापा (जर्मनी), विमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहनुभएको छ ।

    प्रमुख संरक्षक घलेले सङ्घको दशौँ महाधिवेशन आयोजना गर्न एक महाधिवेशन आयोजक समिति पनि गठन गर्नुभएको छ । सङ्घका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सहसंयोजकमा अर्का उपाध्यक्ष मन केसी हुनुहुन्छ । आयोजक समितिको सदस्यमा सबै एनसिसी अध्यक्षहरु, आइसिसीका पदाधिकारी, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकलगायत रहनेछन् ।

    दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत ८ देखि ११) सम्म काठमाडौँमा आयोजना हुने बताइएको छ । गत अक्टोबर २०२१ मा हुनुपर्ने दशौँ महाधिवेशन र निर्वाचन प्रतिनिधि विवादका कारण हुन नसकेपछि आइसिसीले प्रमुख संरक्षक घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । उच्चस्तरीय समितिले तयार गरेको झन्डै दुई हजार ६०० मतदाता रहेको सूचीका आधारमा निर्वाचन गराइने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.